काठमाण्डौकै पहिचान बन्दैे कलंकी अण्डरपास||Kalanki Under Pass Update

समाचार

नेपालको सबैभन्दा विकसित, सुविधा सम्पन्न राजधानी तथा सहर काठमाण्डौ प्रवेश गर्ने प्रमूख ढोकाका रुपमा लिइन्छ कलंकी चोकलाई । जहाँ दैनिक २४ सै घण्टा सवारी साधन एवं मानिसको अत्यधिक चाप हुने गरेको छ । जसकारण हुने गरेको कलंकी ट्रयाफिक जामले धेरै यात्रु आजित हुने गरेका छन् । अत्यधिक गाडिका चापका कारण घण्टौ जाममा फस्दा कर्मचारी समयमै कार्यालय पुग्न सक्दैनन् भने स्कूल तथा कलेजका विधार्थीलाई पनि कलंकीको जामले धेरै सास्ती दिने गरेको छ । उपत्यका बाहिर जाने र उपत्यका भित्रिने सवारी साधनहरु अत्यधिक ट्राफिक जामका कारण समय भित्रै गन्तव्यमा पुग्न नसक्ने तितो यथार्थ ज्यूँका त्यूँ छन् । तर, अब भने यी समस्याहरुको अन्त्य हुने भएको छ ।
राजधानी प्रवेश गर्ने प्रमूख नाका मानिएको कलंकी चोकमा हालसम्मकै अत्याधुनिक प्रविधि प्रयोग भएको कलंकी अन्डरपास वेको निर्माण कार्य सम्पन्न भएको छ । बहुप्रतिक्षित एवं बहुचर्चित मानिएको कंलकी अण्डरपास सडकको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । निमार्ण कार्य सम्पन्न भएसँगै आगामी असार महिनाभित्रै यो अण्डरपास वे सञ्चालनमा आउने भएको छ । पूर्वाधार निर्माणका कार्यमा ऐतिहासिक रुपमा हेरिएको नेपालकै पहिलो ‘अण्डरपास’ कलंकी अण्डरपास आगामी असार महिनाको दोस्रो सातादेखि सुचारु गरिने भएको छ । चीन सरकारको ५ अर्ब रुपैयाँ अनुदान सहयोगमा बन्दै गरेको कोटेश्वर–बल्खुपुल–कलङ्की चक्रपथ सुधार आयोजना अन्तर्गतको अण्डरपास निर्माणको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको हो ।
चिनियाँ कम्पनी ‘द थर्ड रेल्वे एण्ड डिजाइन इन्स्टिच्युट ग्रुप कर्पोरेसन’को डिजाइनमा कलंकीमा नेपालमै पहिलो पटक ०.८५ किमी लामो ‘अन्डर वे पास’ अथवा ‘सब टनेल’ बनाउने काम डेढ महिना भित्रै सञ्चालनमा ल्याउने गरि अन्तिम चरणको काम धमाधम भइरहेको छ । सांघाइ कन्स्ट्रक्सनले अन्डरपासको निर्माण सन् २०१८ को जुलाई अगाडि नै पूरा गर्ने उदेश्यका साथ कुल ८ सय मिटर लामो अन्डरपासमध्ये कलंकी चोकबाट बल्खुतिर ४ सय मिटर र सितापाइलातिर ४ सय मिटर पाइलिङ सम्पन्न भएको छ । अहिले अण्डरपास निमार्णमा स्टम्चर र वाल लाउने कार्य पनि सम्पन्न भइसकेको छ ।
गएको २०१६ मा निमार्ण थालिएको अण्डरपास ६ महिना भित्र सक्ने उदेश्य भएपनि विनाशकारी भूकम्प र नाकाबन्दीका कारण एक वर्षको म्याद थपिएको थियो । पटक पटक समय थप्दै चीनिया कम्पनी सांघाई कन्स्ट्रक्सनले जिम्मेवारी लिएको सो निमार्ण कार्यमा २० जना चिनियाँ र ५० जना नेपाली कामदार गरी जम्मा ७० जना २४ सै घन्टा खटिइरहेका छन् । सो अन्डरपास कलंकी चोकदेखि बल्खुसम्म ४ सय मिटर र सितापाइलातिर ४ सय मिटर गरी जम्मा ८ सय मिटरको रहेको छ ।
पहिलो सम्झौताअनुसार गएको २०१७ जनवरीसम्ममा निमार्ण कार्य सम्पन्न गरि सक्नुपर्ने भएपनि सो समयमा काम सम्पन्न नहुने देखिएपछि समय थप गरिएको छ । ८०० मिटर लामो चार लेनको अण्डर पासमध्ये ४०० मिटर कलङ्की–खसीबजार क्षेत्रको ‘फिनिसिङ’ गर्ने कार्य समेत सकिएको छ । असारको दोस्रो साताभित्र कलङ्की–बाफल तर्फको ४०० मिटर ‘फिनिसिङ’ सकेर हस्तान्तरण गर्ने तयारी गरिएको छ ।
कलंकी क्षेत्रमा हुने अत्यधिक चक्का जामलाई नियन्त्रण गर्नका निम्ति सो अण्डरपास निमार्ण गरिएको हो । उक्त अन्डर वेको निमार्ण कार्य सम्पन्न भएसँगै चक्रपथ भएर गुड्ने सवारी साधनहरु अण्डरपासको माध्यमबाट गुड्ने छन् । नागढुङ्गा र कालीमाटी हँुदै आउने सवारीहरु अण्डरपासको माथिबाट गुड्ने छन् । त्यस्त,ै थानकोटबाट सोल्टीमोड चोकतिर जाने गाडीहरु पनि विना अवरोध कलंकीचोक वारपार गर्न पाउनेछन् । यसबाट कलंकीमा हुने सवारी जामको समस्या समाधान हुनेछ । अण्डरपासलाई कलंकी–कोटेश्वर र कलंकी–बालाजु तर्फगरी २ खण्डमा विभाजन गरिएको छ । जसमध्ये कलंकी–कोटेश्वर खण्डको निर्माण कार्य सम्पन्न भईसकेको छ । कलंकी–बालाजु खण्डमा पेभमेन्ट सेक्सन (गाडी गुड्ने ठाउँ) को निर्माण कार्य तीव्र रुपमा अगाडि बढाइएको छ । आठ लेनको फराकिलो सडकमा साइकल ट्रयाक, फुटपाथ, सडकको दुवैतर्फ पब्लिक बस स्टप समेत बनाइने छ ।
कलंकीको अण्डरपास वे निमार्ण कार्य सम्पन्न गर्न कठिन भएपनि सो कार्य पूरा भइसकेको छ । अहिले भने फिनिसिङको काम भइ रहेको छ । कलंकीको उक्त अण्डरपावस वे आगामी दुई महिनाभित्रै सञ्चालनमा ल्याइएसँगै दैनिक जसो कलंकीमा हुने घण्टौंको जाममा फस्नु नपर्ने र स्कुल कलेज जाने विद्यार्थीहरुलाई पनि सहज हुने अनुमान गरिएको छ । यात्रु तथा पैदल यात्रुको दैनिक समेत सहज हुने भएको छ । अत्याधुनिक अण्डरपासको निमार्ण कार्य सम्पन्न भएसँगै कलंकी काठमाडौंको पहिचान समेत बन्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *