विश्वकप फुटबलको उद्घाटन खेल नै आयोजक राष्ट्रको पोल्टोमा

खेलकुद

१ असार । २१औँ संस्करणको विश्वकपअन्तर्गतको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरेबियामाथि ५–० को सानदार जित दर्ता गरेको छ ।

खेलको सुरुआती १०औँ मिनेट प्रतिस्पर्धात्मक भए पनि १२औँ मिनेटमा रसियाका युरी गजिन्स्कीले खाता खोलेपछि रसिया हावी भयो । निरन्तर आक्रामक खेल खेलेको रसियाका लागि डेनिस चेरिसेभले अग्रता दोब्बर पारेका थिए । सोसँगै पहिलो हाफमा रसियाले २–० को अग्रता कायम राख्यो । दोस्रो हाफमा पनि रसियाले निरन्तर आक्रमण गरिरह्यो । यसैबीच खेलको ७१औँ मिनेटमा पुनः सब्स्टीच्युट खेलाडी आर्टेम जुबाले मैदान छिरेको दोश्रो मिनेटमै गोल गरे । यो सँगै रसियाले ३–० को अग्रता लियो । तीन गोलको अग्रता लिनुका बाबजुद पनि रसियाले आक्रामक खेल रोकेन । यसै क्रममा इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा चेरिसेभले आफ्नो दोश्रो गोल थप्ने क्रममा टिमका लागि चौथो गोल गरे । खेलको अन्तिम समयमा अलेक्जेन्डर गोलोभिनले फ्रि किकमार्फत गोल गर्दै गोलअन्तर ५–० पुर्‍याए । पहिलो जितपछि रसियाले समूह ए को अंक तालिकामा ३ अंक जोडेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *