विश्वकपका प्रतियोगिता, बिहीबार राति पहिलो खेलयी रंगशालामा हुनेछन्

खेलकुद

विश्वकपका प्रतियोगिता, बिहीबार राति पहिलो खेलयी रंगशालामा हुनेछन्
काठमाडौं, १ असार । विश्वकप फुटबल नेपाली समयअनुसार बिहीबार राति पौने ९ बजेदेखि रुसमा सुरु हुँदैछ । उद्घाटन खेल आयोजक रुस र एसियाली देश साउदी अरेबियाबीच हुनेछ ।

विश्वकपमा ३२ देशका ७३६ खेलाडीले ६४ खेलमा प्रतिस्पर्धा गर्नेछन् । विश्वकपका ३२ दिनमा ११ शहरका १२ रंगशालमा लाखौँ दर्शकले खेल हेर्नेछन् । विश्वभर ३ अर्बभन्दा बढी दर्शकले टेलिभिजनमार्फत खेल हेर्ने अनुमान छ ।

विश्वकपका खेल हुने रुसका शहरहरूमा राजधानी मस्को, सेन्ट पिटर्सबर्ग, कजान, सोची, नाइजनी नोभगोरोड, समारा, रोस्तोभ अन डोन, इकाटेरिनबर्ग, कलिनिनग्राद, भोल्गोग्राद र सारांस्क रहेका छन् ।

राजधानी मस्कोमा दुई रंगशाला छन् । अरु सबैमा एक–एक रंगशाला रहेका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *