यो हो नेपालको पहिलो नमुना पुल । । के पी ओली सरकारले यसो गर्दैछन ।।

समाचार

बन्दैछ नेपाल,सबै पुलहरुलाई पछि पार्ने नेपालकै नमूना आर्क ब्रिज ।।।
नेपाल भन्ने बित्तिकै हामी विशेषतः विश्वको सर्वोच्च शिखर सगरमाथा, एसियाका तारा भनेर चिनिने शान्तिका दूत भगवान गौतम बुद्धको जन्मस्थान र संसार थर्काउने वीर गोर्खालीको देश भनेर चिन्छौँ । तर, यतिमा मात्रै सीमित छैन नेपाल, नेपाल हाम्रो घर हो । यहाँका हरेक चिजसँग हाम्रो गहिरो प्रेम बसेको छ । हाम्रो शरीरमा नेपालको माटोको शुगन्ध छ । चाहे अभाव, दुःख नै किन नहोस्, बाँचेकै छन् नेपाली, हाँसेकै छन् महान नेपाली । नेपाल विभिन्न भौगोलिक जटिलताले भरिएको देश हो ।यहाँका अधिकांश भूभाग पहाडले घेरिएका छन् । पहाडै पहाडले घेरिएको छ, त्यसैले भौगोलिक जटिलता छ । भौगोलिक जटिलता छ, त्यसैले त नेपाल अति शुन्दर छ । हो, त्यहि प्रकृतिले बनाएका पहाडका शुन्दर खोँच र गल्छिलाई अझ शुन्दर बनाउन धमाधम बन्दैछ आर्क डिजाइनमा नेपालकै पहिलो नमूना आर्क ब्रिज । नेपालको दुई जिल्ला चितवन र तनहुँ जोड्न आर्क ब्रिजको निमार्ण कार्य धमाधम भइ रहेको छ । त्रिशुली नदीमा निमार्णाधिन यो पुल नेपालकै नमूना आर्क ब्रिज हुनेछ । जसको लगभग ७५ प्रतिशत निमार्ण कार्य सकिएको छ । आगामी असार महिनासम्म पुलको सम्पूर्ण कार्य सक्ने उदेश्य रहेको पुल निमार्ण पक्षले जनाएको छ । पुलको निमार्ण कार्य तोकिएको समयभन्दा ढिलाइ भएको हो । २०७१ फागुनबाट सुरु भएको उक्त पुल निमार्ण कार्य २०७४ असारमा सम्पन्न हुने गरि ३ वर्र्षको समय तोकिएको थियो । समय अबधिमै निमार्ण कार्य सम्पन्न गर्न नसकेपछि २०७५ असार सम्मको थप एक वर्ष अवधि बढाइएको हो । हाल कम्पनीले आगामी असार महिनासम्म निमार्ण कार्य सक्ने उदेश्यले काम गरिरहेको छन् । नेपाली इन्जिनियरले डिजाइन गरेको सो पुल इलाइट एड्भेन्चर र लोहनी जेभी कम्पनीले निमार्ण गरि रहेका छन् । कम्पनीका अनुसार निमार्ण कार्यमा कुनै ठूलो बाधा नभए पनि नदिको बहाव बढ्ने, पुलको डिजाइन एवं संवेदनशीलता र भौगोलिक जटिलताका कारण पुल निमार्ण कार्य तोकिएको समयमा पूरा गर्न नसकिएको बतायको हो । नेपालमा यसभन्दा पहिले चोभारमा आर्क ब्रिज निमार्ण गरि सकिएको छ । तर पृथ्वी राजमार्ग अन्र्तगत मुग्लिनमा निमार्णाधिन आर्क ब्रिज भने नेपालको व्यस्त राजमार्गमा निमार्ण गरिएको पहिलो आर्क ब्रिज हो । नेपाली इन्जिनियरहरुद्धारा डिजाइन गरिएको यो पुलको लम्बाइ १६० मिटर रहेको छ । अन्य पुलहरुभन्दा फरक नयाँ प्रविधि र नयाँ डिजाइनमा बनेको पुल नेपाल सरकारको लगानीमा बनिरहेको सडक विभाग पुल महाशाखाका प्रमूख अर्जुनजंग थापाले बताएका छन् । पुल निमार्ण कार्य तोकिएको समयभन्दा एक वर्ष ढिलो भए पनि आगामी दशैँसम्ममा यो पुल बनिसक्ने कम्पनीले जनाएको छ । नेपाल सरकारको लगानीमा बनि रहेको यो पुलको लागत १४ करोड रुपैयाँ रहेको छ । यो पुलको निमार्ण सकिए लगत्तै पृथ्वी राजमार्ग भएर चल्ने सवारीलाई आवत जावतमा सहज हुनेछ । नारायणगढ–मुग्लिन सडकखण्डको मध्य भागमा पर्ने घुमाउने भन्ने ठाउँमा यो पुल बनेपछि यात्रूहरुलाई सहज हुनेछ । तनहुँ सदरमुकाम दमौली, पोखरा, बाग्लुङ र पर्वत जानका लागि न मुग्लिन पुग्नपर्छ, न त डुम्रे बजार नै । सडक विस्तारको काम भइरहेकाले नारायणगढ–मुग्लिन सडक खण्डको यात्रा अहिले एकदमै जोखिमपूर्ण छ । पटक–पटक पहिरो खस्ने र गाडीहरु नै पुरिने भएकाले जनधनको क्षति भएको छ । जति पनि जोखिम छन्, ती स्थानहरु अधिकांश घुमाउनेभन्दा अगाडि मुग्लिन तर्फको १२ किलोमिटर क्षेत्रमा पर्छन् । तर, अब घुमाउने घाटमा पुल बनेपछि पोखरातर्फबाट यात्रीहरुले त्यो जोखिम मोल्नुनपर्ने विश्वास गरिएको छ । ठूलो नदीमाथि बन्न लागेको यो नेपालकै पहिलो आर्क ब्रिज हुनेछ । काठमाडौंको धोबिखोला र तीनकुनेमा पनि आर्क आकारको पुल बनाउने काम अहिले जारी छ । पुल फुटपाथसहित ११ मिटर चौडाइको हुने छ । डबल लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने छ । आर्क डिजाइनको पुल मुग्लिनबाट तनहुँ जोड्ने घुमाउने घाटमा बनेपछि नारायणगढ–मुग्लिन सडकखण्ड बुद्धसिंह मार्गसँग जोडिने छ ।अहिले पनि तनहुँको दमौलीबाट घुमाउने घाटसम्म नियमित रुपमा साना बसहरु आउने–जाने गरेका छन् । तर, पुल नहुँदा ती बसहरु नारायणगढ–मुग्लिन सडक खण्डसम्म आउन सक्दैनन् । ब्रिज बनेपछि मुग्लिन भएर दमौली पुग्नुभन्दा २५ किलोमिटर कम दुरीमा सेती नदीको किनारै किनार भएर दमौली पुग्न सकिन्छ । तनहुँ सदरमुकाम दमौलीदेखि घुमाउनेसम्म जम्मा ३२ किलोमिटर छ । सेती नदीको किनारै किनार घुमाउनेघाट, सराङघाट, मासीघाट, सुँढे, बेलबास हुँदै दमौली पुग्न सकिन्छ । मुग्लिन भएर दमौली पुग्नुभन्दा २५ किलोमिटर कम दुरीमा यो सडक खण्डबाट दमौली पुगिने भएको छ । सामान्य ग्राभेल अवस्थामा रहेको वुद्धसिंह मार्गको स्तरोन्नतिको काम पनि भैरहेको छ । पुल निर्माण कार्य अझै अधुरो अवस्थामा छ । ठेकेदार कम्पनीसँग भएको सम्झौताअनुसार आगामी असारभित्र सो पुलको निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ । नेपाली इन्जिनियरकै डिजाइनमा तयार पारिएको पुलको डिजाइन निकै आकर्षक देखिन्छ । हाल अस्तित्वमा रहेको सिंगल लेनको पुल जीर्ण बन्दै गए पछि त्यसको ठाउँमा प्रयोगमा ल्याउने गरी सडक विभागअन्तर्गतको पुल महाशाखाले नयाँ प्रविधिले पुल निर्माण थालेको हो । पुलको छेउमा दुईतर्फ गरी ४० मिटर भाग थपिनेछ । यसअघि कालीगण्डकीमा ८० मिटर लामो पुल बने पनि हाल बन्दै गरेको पुल नेपालमै ‘आर्क’ प्रविधिमा लामो बन्ने छ । पुलको डिजाइन तथा निर्माणमा नेपाली प्राविधिक नै संलग्न छन् । यसअघि यस्ता पुलको निर्माण विदेशी प्राविधिकले गर्ने गरेका थिए । हाल सञ्चालनमा रहेको पुलले एकपटकमा दोहोरो सवारी आवतजावत थेग्न नसक्ने भएकाले पालैपालो सञ्चालन गर्नुपर्ने अवस्था छ । तर, यस पुलमा भने निर्बाध रूपमा दोहोरो यातायात सञ्चालन गर्न सकिने छ । मुग्लिङ पुल हल्लने तथा विभिन्न भाग भत्किएपछि हालै पुलको मर्मत थालिएको छ । नयाँ पुल तयार नहुँदासम्म पुलको मर्मत थालिए पनि तयार भएपछि भने पुरानो पुलको ठाउँ ‘आर्क ब्रिज’ले लिनेछ । हालसम्मकै ठूलो र जटिल प्रविधिको भएका कारण पुल निर्माणमा केही ढिलो भइरहेको छ । निर्माता कम्पनीले नदीमा जग तथा पिल्लरको काम सकेको छ । अहिले माथिको भागमा काम भइरहेको छ । हाल अस्तित्वमा रहेको सिंगल लेनको पुल जीर्ण बन्दै गए पछि त्यसको ठाउँमा प्रयोगमा ल्याउने गरी सडक विभागअन्र्तगतको पुल महाशाखाले चिनियाँ प्रविधिको पुलको मुख्य भाग एक सय २० मिटर लामो हुनेछ । पुलको छेउमा दुईतर्फ गरी ४० मिटर भाग थपिनेछ । यसअघि कालीगण्डकीमा ८० मिटर लामो पुल बने पनि हाल बन्दै गरेको पुल नेपालमै ‘आर्क’ प्रविधिमा लामो बन्नेछ । पुलको डिजाइन तथा निर्माणमा नेपाली प्राविधिक नै संलग्न छन् । यसअघि यस्ता पुलको निर्माण विदेशी प्राविधिकले गर्ने गरेका थिए । नयाँ पुल तयार नहुँदासम्मका लागि भनेर पुलको मर्मत थालिए पनि तयार भएपछि भने पुरानो पुलको ठाउँ ‘आर्क ब्रिज’ले लिनेछ । तोकिएको समयमा काम सक्न २५ जना कामदार दैनिक खटाइएको छ । नेपाल जस्तो भौगोलिक जटिलता भएको देशमा आर्क ब्रिजको निमार्ण महत्वपूर्ण मानिन्छ । सडकको पहुँच पुगेका खोँच र गल्छि परेका स्थानमा आर्क डिजाइनका पुलले अझ बढि सौन्दर्य बढाउँछ । यो डिजाइनमा बनेको पुलको बिच भागमा पिल्लर नहुनु यो पुलको अर्को आकर्षण हो । आशा गरौँ आगामी दिनहरुमा यस्ता आर्क ब्रिजहरुले नेपालका शुन्दर खोँच र गल्छिहरु सजिने छन् । पकृतिले बनाएको खोँच र गल्छि अनि त्यही गल्छि र खोँचमा मानिसले बनाएको शुन्दर आर्क ब्रिज एकसाथ हुँदा कति शुन्दर देखिएला ? प्रकृति र मानिसको सीप मिसिएर बनाइने पुल पक्कै पनि अन्य पुलहरुलाई पछि पार्ने नै बन्नेछ भन्ने कल्पना गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *