हेमोफिलियाका लक्षण || २० संकेतले गर्छ राम्रो स्वास्थ्य ||

स्वास्थ्य टिप्स

हेमोफिलियाका लक्षण
एजेन्सी-पिसाबमा रगत आउनु
गुद्द्वारबाट रगत आउनु
सानो चोट लाग्दा पनि गहिरो घाउ हुनु
विना कारण शरीरमा घाउ हुनु
चोट लाग्दा धेरै रगत आउनु
बेलाबेलामा नाकबाट पनि रगत आउनु
जोर्नीमा पीडा हुनु
बच्चामा चिडचिडाहट हुनु
कयौंपटक आँखा धमिलो देखिनु
एजेन्सी- मानिसको शरीरमा हुने रगत कयौं प्रकारका कोषिकाहरु मिलेर बनेको हुन्छ । शरीरमा चोट लाग्दा या काट्दा रगत आउछ । रगत तरल हुन्छ । यसैले कुनै एक स्थानमा चोट लाग्दा शरीरको पूरै रगत बाहिर निस्कनुपर्ने हो । तर यस्तो हुँदैंन । प्रकृतिले नै रगतलाई शरीरबाहिर आउनेबित्तिकै जम्ने र सुरक्षा कवचको काम गर्ने खालको बनाएको छ । यसो हुँदा शरीरको बाँकी रगत सुरक्षित हुन्छ र संक्रमणको प्रभावबाट बच्छ ।हेमोफिलिया रगतसम्बन्धी एक रोग हो र यो आनुवंशिक हुन्छ । यो रोगबारे सचेतना फैलाउन हरेक वर्ष १७ अप्रिलका दिन हेमोफिलिया दिवस मनाइन्छ । यो खास प्रोटिनको कमीबाट हुने रोग हो । यो रोग लागेपछि शरीरमा चोट लाग्दा या छाला काट्दा आउने रगत बन्द हुन समय लाग्छ । अर्थात् रगत नजम्ने समस्या हुन्छ । जसका कारण शरीरबाट रगत धैरै बगिसक्छ । यसैले यो रोगबाट बिरामी मृत्युको मुखमा पनि पुग्न सक्छ । यो रोगको पूर्ण उपचार सम्भव छैन । तर केही विधिबाट लक्षण र यसबाट हुने हानी धेरै हदसम्म कम गर्न सकिन्छ । कुनै ठूलो चोट या दुर्घटनाका कारण हेमोफिलियाका रोगीको रगत बढी बग्ने सम्भावना भएकाले होसियार रहनुपर्छ । हेमोफिलिया ३ खालका हुन्छन् – हेमोफिलिया ए, बी र सी । यीमध्ये हेमोफिलिया एका रोगी बढी पाइन्छन् । हेमोफिलियाका हरेक १० बिरामीमध्ये ८ जना ए प्रकारका हेमोफिलियाका शिकार हुन्छन् । ५ हजारदेखि १० हजार जन्ममा एक बच्चा हेमोफिलिया एबाट प्रभावित हुन्छन् भने ४० हजार जनामा एकजना हेमोफिलिया बीबाट प्रभावित हुन्छन् । हेमोफिलिया ए रगत जमाउने ‘फ्याक्टर एट’ को कमीले लाग्छ भने हेमोफिलिया बी ‘फ्याक्टर इलेभेन’ को कमीका कारण लाग्छ । भारतमा करिब डेढ लाख मानिसहरु यो रोगबाट प्रभावित भएको अनुमान छ । यसको उपचार महंगो पनि छ । रोगीलाई सातामा दुई या तीन इन्जेक्सन लगाउनुपर्छ ।
साधारणतया स्वस्थ हुनु भनेको शरीरले आफ्नो क्रियाहरू बिना कुनै गतिरोध, बिना कुनै अप्ठ्यारो, हामीलाई असजिलो महसुस नगराईकन गर्नुका साथै मन सकारात्मक र प्रशन्न हुनु हो। जब शरीरले हामीलाई कुनै असजिलो महसुस नगराईकन आफ्ना जैविक क्रियाहरू गर्छन्, साथै जबे मन–मस्तिष्क प्रशन्न, शान्त, सकारात्मक र छलकपट मुक्त हुन्छ तब मात्र हामी पूर्णतया स्वस्थ हुन्छौं । शरीरले आफ्ना क्रियाहरू राम्रोसँग गर्न पाउँदैन, हाम्रो मन–मस्तिष्क निरास, नकारात्मक र अशान्त हुन्छ भने हामी रोगको भागीदार बन्छौं अर्थात् रोगी बन्छौं।

शरीरका जैविक क्रियाहरू जस्तै– भोक, प्यास, पाचन, दिसा, पिसाब, रगत सञ्चालन, निद्रा, पसिना, श्वास–प्रश्वास क्रिया आदि सजिलैसँग कुनै गतिरोध तथा अवरोध बिना, कुनै औषधि वा जडिबुटीको प्रयोग बिना, स्वचालित, स्वतः स्फूर्त आफैं हुनुपर्छ । यी क्रियाहरू शरीरलाई राम्रोसँग सञ्चालन गर्न र निरोगी राख्न प्रकृति निर्मित क्रियाहरू हुन्।

राम्रो स्वास्थ्यका संकेत

१. राम्ररी भोक लाग्नु, भोक लाग्दा सादा र सात्विक खाना खाने इच्छा हुनु ।

२. प्यास लाग्दा पानी मात्र पिउने इच्छा हुनु ।

३. दिसा ठोस, सफा र नियमित हुनु ।

४. पिसाब सफा वा हल्का पहेंलो र दुर्गन्धरहित हुनु ।

५. पसिना दुर्गन्धरहित हुनु ।

६. निद्रा गहिरो र आरामदायी हुनु ।

७. बिहान उठ्दा आनन्दित र स्फुर्तिलो महसुस हुनु ।

८. श्वास–प्रश्वास स्वभाविक र स्वचालित हुनु ।

९.तन र मन आनन्दित हुनु ।

१०. अनुहार चम्किलो र उज्यालो हुनु ।

११. आँखा चम्किलो र निडर हुनु ।

१२. छाला नरम हुनु ।

१३. शरीर लचिलो हुनु ।

१४. काम गर्न जाँगर लाग्नु र बिनाथकावट लामो समयसम्म काम गर्न सक्नु ।

१५. ढाड सिधा हुनु ।

१६. पेटको परिधि छातीभन्दा भित्र हुनु ।

१७. काँधहरू सिधा वा एउटै तहमा हुनु ।

१८. सधैं जोसिलो, जाँगरिलो, सिर्जनात्मक र सकारात्मक सोच हुनु ।

१९. रिस, निरास, डर, तनाव, मानसिक समस्या तथा चिडचिहटरहित हुनु ।

२०. सुत्दा मुख बन्द हुनु, हेमोफिलियाका लक्षण

२०. सुत्दा मुख बन्द हुनु,

Leave a Reply

Your email address will not be published. Required fields are marked *