देउवालाई पार्टीबाट निकाल्ने कांग्रेसको तयारी || फरार रेशम चौधरी अदालतमा हाजिर ||

राजनीति

देउवालाई पार्टीबाट निकाल्ने कांग्रेसको तयारी, फरार रेशम चौधरी अदालतमा हाजिर ||टीकापुर हत्याकाण्डको मुख्य योजनाकार मानिएका कैलाली क्षेत्र नम्बर १ बाट निर्वा्चित सांसद रेशम चौधरीले अदालत सामू आत्मसमर्पण गरेका छन् । कैलाली प्रहरी प्रमुख एसपी विनोद विष्टका अनुसार चौधरीले पौने ११ बजे कैलाली जिल्ला अदालतमा आएर आत्मसमर्पण गरेको हुन् । उनी नेपाल प्रहरीको फरार अभियुक्तको सूचीमा रहेका थिए । २०७२ साल भाद्र ७ गते टिकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो । प्रहरीले उनलाई घटनाको मुख्य योजनाकार भएको बताउँदै ‘मोस्ट वाण्टेड’को सूचीमा राखेको थियो । उनले वारेसमार्फत प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारी दिएका थिए । निर्वाचनमा चौधरी १९ हजार मतान्तरले विजयी भएका थिए । निर्वाचनमा विजयी भएपनि चौधरीले प्रमाणपत्र पाएका थिएनन् । उनले वारेसमार्फत् प्रमाणपत्र पाउन अदालत गुहारेका थिए । तर, चौधरीलाई अदालतले निर्दोष भए अदालतमा आउन भनेको थियो । उनको अहिले अदालतमा बयान भैरहेको छ । त्यसैगरि, वर्षमान पुनलाई उछिन्दै गृह मन्त्रालको जिम्मेवारीसहित माओवादी केन्द्रको तर्फबाट रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागी हुने भएका छन् । तर, अध्यक्ष प्रचण्ड निकट अर्का नेता बर्षमान पुनका लागि अनुकूल अर्काे कुनै मन्त्रालयका लागि छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । ‘गृह मन्त्रालय सहित रामबहादुर थापा ‘बादल’ ले नेतृत्व गर्ने पक्का भएको छ’ स्रोतले भन्यो, ‘ पुनका लागि अनुकूल मन्त्रालयका विषयमा छलफल गर्न अध्यक्ष बालुवाटार जानु भएको छ । त्यसैगरि, नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइराला सभापति शेरबहादुर देउवाविरुद्ध होलीलगत्तै आक्रमक रुपमा प्रस्तुत हुने भएका छन् । उनले यो होलि सकिएलगत्तै महासमिति बैठक बोलाउन देशव्यापी रुपमा हस्ताक्षर अभियान चलाउने निधो गरेका छन् । उनी निकट स्रोत भन्छ,“सभापति देउवालाई यो होलीसम्म आरामले बस्न दिने हो तर, होली सकिएलगत्तै दबाबमूलक कार्यक्रम देशव्यापी रुपमा सुरु हुन्छ, यसको नेतृत्व शेखर कोइरालाले गर्नुहुन्छ, उहाँले पूर्ण तयारी गरिसक्नुभएको छ । महासमितिलगत्तै पार्टीको अर्ली महाधिवेशन बोलाएर सभापतिबाट देउवालाई हटाउने योजना कोइरालाले बनाएका छन् । एमाले र माओवादी केन्द्रले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने प्रयास कायमै राखेका छन् । सोमबार विहान पनि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच यसबारे छलफल भएको छ । त्यसअघि प्रचण्डले संघीय फोरम अध्यक्ष उपेन्द्र यादवसँग टेलिफोनमा सम्वाद गरेका थिए । स्रोतका अनुसार ओली नेतत्वको सरकारमा सहभागी हुन फोरम पनि सकारात्मक छ । तर, फोरमले संविधान संशोधनको मुद्दालाई कुनै न कुनै रुपमा सम्बोधन होस् भन्ने चाहेको छ । हालै भएको वार्तामा फोरमले संविधान संंशोधनबारे गृहकार्य गर्न कार्यदल बनाउने प्रस्ताव राखेको थियो । प्रधानमन्त्री निकट स्रोतका अनुसार फोरमलाई एक मन्त्री र एक राज्यमन्त्रीको प्रस्ताव गरिएको छ । फोरम अध्यक्ष यादव आए परराष्ट्रमन्त्री बनाउन पनि प्रधानमन्त्री र प्रचण्ड सहमत छन् । यादव ०६५ मा प्रचण्ड नेतत्वको सरकारमा परराष्ट्रमन्त्री भएका थिए । फोरमले भने थप मन्त्रालय खोजेको छ । फोरम सरकारमा सहभागी भएन भने एमाले सचिव प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री बन्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *